प्रवन्धककाे प्रतिवद्दता
विगत १७ बर्ष देखि सहकारी अभियानमा ईटा थप्दै आएको यस संस्थाको कार्यक्षेत्र काभ्रे जिल्लाको दुई वटा गाउँ पालिका बाहेकका सबै नगरपालिका लगागत सम्पूर्ण भू–भाग रहेकोमा यस क्षेत्र भित्र सदस्यहरुलाई थप सेवा दिन सम्पर्क कार्यालय तथा भेगिय कारोबार गर्दै लाने । पारदर्शिताका साथा नविनतम प्रविधिको उपयोग गरी सेवाहरुलाई विवधता प्रदान गरिने । उत्पादन तथा रोजगारी बृद्घि गर्ने क्षेत्रमा कर्जा परिचालन गर्ने, संस्थालाई नेपाल स्ट्यार्डड बनाउदै एसियन मापदण्ड अनुरुप परिष्कृत गर्दै लगिने छ । कर्मचारीहरुलाई समय र प्रविधि अनुरुपका तालिम तथा मार्यक्रमहरुमा समावेश गरिने कार्यलाई अझ जोड दिदै दक्ष कार्मचारी मार्फत सेवा प्रदान गरिदै लगिने प्रतिवद्घता जाहेर गर्दछौं ।
नवराज सापकाेटा
ब्यवस्थाक