“भविष्यका लागि बचत , बचतका लागि पिपुल्स”
भन्ने मुल नारालाई आत्मसाथ गरी मिति २०६२ फागुन १९ गते तत्कालिन डिभिजन सहकारी कार्यालय धुलिखेलबाट विधिवत रुपमा दर्ता गरी आफ्नो कार्यक्षेत्र भित्र रहेका जनताहरुलाई संस्थामा आवद्द गराई बचत गर्ने भावनामा अभिवृद्घि गराउने तथा बचत ऋण तथा अन्य सामाजिक कार्यका माध्यमबाट उनीहरुको आर्थिक , सामाजिक तथा सांस्कृतिक उत्थान गर्ने र परिवर्तन लेराउने मुख्य उदेश्य लिइ अन्तराष्ट्रिय सहकारी सिद्घान्त एवं राष्ट्रिय सहकारी ऐन नियमको मातहतमा रही संस्थामा आवद्घ सदस्यहरुको मन जित्ने एउटा सफल सामुदायिक सहकारी संस्थाको रुपमा यस पिपुल्स बचत तथा ऋण सहकारी संस्था लि. लाई उभ्याउनुनै हाम्रो मुख्य ध्यय हो । तदनुरुप नै संस्थाले आफ्नो निर्दिष्ट उद्देश्य प्राप्तिका लागि आवश्यक आधारभुत कुराहरुको व्यवस्था र गुणस्तरियतामा ध्यान दिदै आईरहेको छ ।
सदस्यहरुलाई सेवा प्रदान गर्न हाल बनेपा नगरपालिका वडा नं. ८ तीनदोबाटोमा मुख्य कार्यालय तथा पनाैती नगरपालिका वडा नं ७, कुसादेवी राेडमा अत्याधुनिक सुविधा सम्पन्न कार्यालयहरु स्थापना गरेका छौ । हिसाब किताबलाई पारदर्शि एवं व्यवस्थित गर्न चारखाता सहित कम्प्युटराइज प्रविधिबाट सफ्टवयरको प्रयोग गरी राख्ने व्यवस्था गरेका छौ र हाल १५ जना दक्ष कर्मचारीहरु परिचालित गरेका छौ । संस्थाले हालसम्ममा विभिन्न बचत खातामा गरेर करीब ५५०० सदस्य आवद्घ गराउन सफल भएको छ । र सयौ सदस्यहरुले विभिन्न शिर्षकमा ऋण सुविधा उपभोग गर्दै आइरहेका छन् ।संस्थालाई विधिसंवत चलाउनका लागि संञ्चालक समितिको नियमित बैठक बसि आवश्यक नीतिहरु बनाउने र बार्षिक नीति अनुसार कार्य प्रगति भएको नभएको हेर्ने र संस्थाको आन्तरीक कर्मचारी प्रशासनलाई समय सापेक्ष मजबुत बनाउने कार्य गर्दै आइरहेका छौं भने संस्थाको कार्य प्रगतिका लागि समितिहरु र विभिन्न उप समितिहरु पनि परिचालित गर्दै आइरहेका छौ र समिति उपसमितिहरुमा लागि नेतृत्व विकास तथा कर्मचारीहरुका लागि क्षमता अभिवृद्घि हुने खालका तालिमहरु पनि संञ्चालन गर्दै आएको र अन्य सफल संस्थाहरुको अध्ययन भ्रमण गरी अनुभवहरुको आदान प्रदान गरीनुका साथै आवद्घ सदस्यहरुका लागि सहकारी शिक्षा , व्यवसायिक एवं शिप क्षमता अभिवृद्घी गर्ने तालिमहरु तथा वातावरण जोगाउने लगायत जनचेतना मुलक कार्यक्रमहरु गर्दै आएका छौ ।यसबाट संस्थाको सबै पक्षको वृद्घि विकास हुनुको साथै संस्थाको समग्र उन्नति प्रगति हुने हामिले विश्वास लिएका छौ ।
संस्थाले अहिले १८ औ बर्ष पार गर्दै गर्दा विभिन्न उल्लेखनिय कार्य प्रगति गरेको छ । ति मध्ये महत्वपुर्ण रुपमा सम्भवत संस्था एकिकरण गरी तात्कालिन अवस्थामा एकिकरण साधारण सभा गर्ने काभ्रेपलाञ्चोक जिल्लाकै पहिलो सहकारी संस्थाको रुपमा आफूलाई उभ्याएको छ । विभिन्न संघ सस्थाबाट विभिन्न समयमा विभिन्न विधामा उत्कृष्ट भई मान सम्मान पनि पाउन सफल भएको छ । १० औं वार्षिक साधारण सभाको अवसरमा दश वर्षको आरोह अवरोहहरु समेटि सहकारी क्षेत्रका दिग्गज व्यक्तित्वहरु त्था सदस्यहरुको संस्था प्रतिको धाराणाहरु समेटि “पिपुल्स एक दसक” स्मारीका प्रकाशन गरेको छ ।
अन्त्यमा , हामि यो संस्थालाई समुदायको पहिलो रोजाइको संस्था बनाउन चाहन्छौ । सदस्यहरुको सुःख दुःखको साथि बनाउन चाहन्छौ, उन्नति प्रगतिको स्रोत बनाउन चाहन्छौ , त्यसका लागि यस महान अभियानमा आजसम्म तपाईहरुको अमुल्य साथ पाए जस्तै भोलिका दिनहरुमा पनि तपाईहरुको साथ , सहयोग र सहकार्यको अपेक्षा रहीनै रहनेछ । म सम्पुर्ण शेयर सदस्यहरु प्रति हृदयबाट नै हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु ।
जय सहकारी , जय पिपुल्स ।
निरन शाक्य
अध्यक्ष