बाल बचत योजना :
निकट भविष्यमा उच्च शिक्षा, व्रर्तवन्ध, विवहा जस्ता अति आवश्यक चरणहरु सहज रुपमा पार गर्न आवश्यक पर्ने अर्थको संचिती गर्ने बानिको विकास सानै देखि गराउने उद्देश्यका साथ यो बाल बचत योजना(बाल बचत खाता) अगाडि सारिएको छ ।
जन्मदिन उपहार विधि :
१. उक्त खातामा तोकिएको न्यूनतम रकम मौज्दात रहेको खण्डमा प्रत्येक बर्ष १६ बर्ष नपुगे सम्म जन्मदिन उपहार प्रदान गरिन्छ । तोकिएको न्यूनतम रकम मौज्दात राखि बाँकी रकम झिक्न सकिने छ । यदि सो न्यूनतम मौज्दात कायम नगरि रकम फिर्ता गरेमा सो बर्षको उपहार दिन संस्थ असमर्थ हुनेछ । साथै सो बर्षको उपहार ग्रहण पश्चात न्यूनतम मौज्दात नराखि बचत फिर्ता गरेमा अर्को बर्षको जन्मदिन उपहार दिइने छैन ।
२. यस योजनामा नियमित बचत गर्ने बाल बचतकर्तालाई मात्र जन्मदिन उपहार प्रदान गरिने छ ।
३. बाल बचतकर्ताहरु मध्ये एक आ.व. मा एस.ई.ई. मा उत्कृष्टलाई लगतैको बार्षिक सधारण सभा/बार्षिक उत्सवमा संचालक समितिको निर्णय अनुसार सम्मान गरिने छ । उक्त सम्मानका लागि सम्वधित बाल बचतकर्ता स्वयंबाट प्रमाण सहित त्यहि आ.व. मा सहभागिता जनाउनु पर्ने छ ।
४. १६ बर्ष भए पश्चात शेयर सदस्यका परिणत गर्न कुनै शुल्क लाग्ने छैन तथा खुत्रुके यथास्थितीमा प्रयोग गर्न सकिने छ ।
व्याज दर :
दैनिक मौज्दातमा ७.०%, खाता प्रकृति–नियमित मासिक वा दैनिक