पिपुल्स साकोसमा स्वागत छ !
“भविष्यका लागि बचत, बचतका लागि पिपुल्स” भन्ने मूल नाराका साथ सदस्यहरुको आर्थिक र सामाजिक उन्नति र प्रगनिमा समर्पित हुने उद्देश्यले डिभिजन सहकारी कार्यालय धुलिखेलबाट २०६२ फागुन १९ मा विधिवत रुपमा दर्ता गरि स्थापित यस पिपुल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेड “हामी र हाम्रो पिपुल्स” अभियानका साथ यहाँहरुको सथामा रहेको छ । स्थापना काल देखि हाल सम्मको सम्पूर्ण कार्य प्रगतिहरुको मूल्याङ्कन र विश्लेषन गर्दा समग्रमा संस्थाको आर्थिक कारोबार, सदस्य संख्या, मानव संसाधन, भौगोलिकता तथा वैधानिकता लगायत संस्थाको समग्र व्यवसायिकता, क्षमता, दक्षता र परिपक्वतामा उल्लेखनीय विकास भएको छ । तसर्थ दीर्घकालिन रुपमा संस्थाप्रति जन समुदायको साथ र विश्वासलाई अझ मजबुत बनाउँदै संस्थाको आर्थिक र व्यवसायिक क्षमतालाई थप वृद्घि गर्ने उद्देश्यले शिप मुलक तालिम, स्वास्थ्य, सरसफाइ आदि कार्यक्रमहरु गर्दै आएको छ । हाल संस्थाको मुख्य कार्यालय बनेपा–८, तीनदोबाटो, सेवा केन्द्र पनौती–७, कुशादेवी रोडबाट आफ्नो सोवाहरु दिदै आएको छ । संस्थाको कार्यक्षेत्र बनेपा, धुलीखेल, पनौती, पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकाका सबै वडाहरु त्यस्तै बेथानचोक, खानिखोला, रोशी, र भुभ्लु गाउँपालिका रहेको छ ।
अध्यक्षको भनाइ
निरन शाक्य
“भविष्यका लागि बचत , बचतका लागि पिपुल्स” भन्ने मुल नारालाई आत्मसाथ गरी मिति २०६२ फागुन १९ गते तत्कालिन डिभिजन सहकारी कार्यालय धुलिखेलबाट विधिवत रुपमा दर्ता गरी आफ्नो कार्यक्षेत्र भित्र रहेका जनताहरुलाई संस्थामा आवद्द गराई बचत गर्ने भावनामा अभिवृद्घि गराउने तथा बचत ऋण तथा अन्य सामाजिक कार्यका माध्यमबाट उनीहरुको आर्थिक , सामाजिक तथा सांस्कृतिक उत्थान गर्ने र परिवर्तन लेराउने मुख्य उदेश्य लिइ अन्तराष्ट्रिय सहकारी सिद्घान्त एवं राष्ट्रिय सहकारी ऐन नियमको मातहतमा रही संस्थामा आवद्घ सदस्यहरुको मन जित्ने एउटा सफल सामुदायिक सहकारी संस्थाको रुपमा यस पिपुल्स बचत तथा ऋण सहकारी संस्था लि. लाई उभ्याउनुनै हाम्रो मुख्य ध्यय हो।
प्रबन्धकको प्रतिबद्धता
नवराज सापकोटा
विगत १२ बर्ष देखि सहकारी अभियानमा ईटा थप्दै आएको यस संस्थाको कार्यक्षेत्र काभ्रे जिल्लाको दुई वटा गाउँ पालिका बहेकका सबै नगरपालिका लगागत सम्पूर्ण भू–भाग रहेकोमा यस क्षेत्र भित्र सदस्यहरुलाई थप सेवा दिन सम्पर्क कार्यालय तथा भेगिय कारोबार गर्दै लाने । पारदर्शिताका साथा नविनतम प्रविधिको उपयोग गरी सेवाहरुलाई विवधता प्रदान गरिने । उत्पादन तथा रोजगारी बृद्घि गर्ने क्षेत्रमा कर्जा परिचालन गर्ने, संस्थालाई नेपाल स्ट्यार्डड बनाउदै एसियन मापदण्ड अनुरुप परिष्कृत गर्दै लगिने छ ।


